२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

ईद अल इतिहादका अवसरमा यूएईले दियो २६७ नेपालीलाई माफी

ईद अल इतिहादका अवसरमा यूएईले दियो २६७ नेपालीलाई माफी

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले आफ्नो राष्ट्रिय दिवस (ईद अल इतिहाद)का अवसरमा विभिन्न कारागारमा रहेका २६७ नेपाली कैदीबन्दीको सजाय माफी दिएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी यूएईको ५४औँ राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली कैदीहरूलाई माफी दिएको जानकारी दिएको हो । मैत्रीपूर्ण सम्बन्ध र मानवीय नाताले २६७ नेपालीको कैद सजाय माफ गर्ने यूएई सरकारको निर्णयलाई नेपालले उच्च मूल्यांकन गरेको मन्त्रालयले जनाएको छ ।

यसले नेपाल–यूएई द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अबु धाबीस्थित नेपाली दूतावासले पटक–पटक गरेको अनुरोधको प्रत्युत्तरस्वरूप यूएई सरकारले माफीको निर्णय गरेको जनाएको छ ।

माफी पाएका नेपाली नागरिकहरू अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको अवस्थामा, यूएईका प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij