काठमाडौं– सुनसरीका तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
कानुनी प्रावधान विपरीत कृषि तथा बनकस जडिबुटीको जिल्ला निकासी कर संकलन गर्न ठेक्का लगाउँदा कानुन बमोजिम लिनुपर्ने जमानत नलिइ र सम्झौता समेत नगरी ठेक्का दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो।
छानबिनका क्रमाम कानुनी प्रावधान विपरीत गलत मनसायबाट कर लगाउने काम गरी तथा लगाएको कर समेत कबोल अनुसार नउठाइ ठेकेदार आरके कन्स्ट्रक्सनसमेतलाई फाइदा र नेपाल सरकारलाई घाटा पुर्याउने काम भएको खुलेपछि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
तत्कालीन जिल्ला समन्वय प्रमसख भण्डारीसहित तत्कालीन जिल्ला समन्वय अधिकारी पुष्कर भट्टराई, आरके कन्स्ट्रक्सनका प्रोपाइटर रामप्रसाद श्रेष्ठ र आरकेका प्रतिनिधि कृष्णबहादुर कटुवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनीहरुविरुद्ध ८० लाख ५२ हजार बिगो कामय गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij