२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ विषेश समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

पौड्यालमाथि परराष्ट्र सचिव हुँदा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा आफ्नै छोरीलाई स्वीट्जरल्याण्ड पठाएकोलगायतका विषयमा उजुरी परेको थियो ।

तर पौड्यालले समितिमा आफूले पदको दुरुपयोग गरेर कुनै काम नगरेको बताएका थिए । अब राष्ट्रपतिले उनलाई राजदूत नियुक्त गर्नेछन् ।परराष्ट्र सचिव रहेका पौड्यालको कार्यकाल यही मंसिर २० गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij