२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

रवि लामिछानेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

रवि लामिछानेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको उनको सचिवालयले जनाएको छ ।

माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा सभापति लामिछानेको देब्रे खुट्टामा लागेको सामान्य चोट लागेको थियो । चोट बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको सचिवालयले जनाएको छ ।

चिकित्सकको सुझाव अनुसार उनी अहिले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत रहेको सचिवालयले जनाएको छ ।

सचिवालयले भनेको छ, ‘चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ । सभापतिज्यू सार्वजनिक रूपमा नदेखिनु भएको विषयमा चासो, चिन्ता तथा शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआईदिनुहुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछौं।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij