२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरत कुमार आचार्य र उनकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार ६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ ९४ पैसा गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आचार्यले इन्जिनियर/राप तृतीय श्रेणी पदमा राष्ट्रसेवक भई सेवामा प्रवेश गरेको मिति २०४८ माघ ६ गतेदेखि उनले आयोगबाट सम्पत्ति विवरण फाराम बुझी लिएको मिति २०८० असार ६ गतेसम्मको अवधिमा उक्त रकमको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ । जाँच अवधिमा वैधानिक रूपमा कूल ३ करोड ५१ लाख ८ हजार २१० रूपैयाँ १८ पैसा आर्जन गरेको देखिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij