२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलले सके, अब अभियुक्ततर्फका कानुन व्यवसायीको बहस

नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलले सके, अब अभियुक्ततर्फका कानुन व्यवसायीको बहस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्तहरूतर्फका कानुन व्यवसायीहरूले बहस गर्ने भएका छन् ।

सरकारी वकिल र जाहेरवालाको तर्फबाट बहस सकिएसँगै अभियुक्तहरूतर्फको बहस हुन थालेको हो ।

गत आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ ।

आजदेखि हुने बहसमा अभियुक्तहरूको बयान लिइएको क्रमका आधारमा हुने छ । न्यायाधीश न्यौपानेका अनुसार बयान लिँदाको क्रमका आधारमा आज सुरुमा केशव दुलालका कानुन व्यवसायीले बहस गर्ने छन् । त्यसपछि सानु भण्डारीका कानुन व्यवसायीले बहस गर्ने छन् ।

न्यायाधीश न्यौपानेले अर्को मंगलबारसम्म अभियुक्तहरूका कानुन व्यवसायीको बहसका लागि समय तोकेका छन् । आगामी बुधबार सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता अच्युत नेउपानेले जवाफी बहस गर्ने छन् । सोही दिन बहस सकिए अदालतबाट थुनछेक आदेश हुने छ ।

थुनछेक आदेशमा इजलासले अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटी लिने वा तारेखमा छाड्नेमध्ये एक आदेश गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij