२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

मुलुकमा विद्यमान सङ्कटको समाधान गर्न हाम्रो पार्टी सक्षम छः प्रचण्ड

मुलुकमा विद्यमान सङ्कटको समाधान गर्न हाम्रो पार्टी सक्षम छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओखलढुंगा जिल्ला कमिटीलाई सामूहिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा स्वागत गर्दै संयोजक दाहालले मुलुकमा विद्यमान सङ्कटको समाधान गर्न आफ्नो पार्टी सक्षम रहेकाले निर्वाचनमा जनताले फेरि पनि एक नम्बरको पार्टीका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले देशलाई माया गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी रहेको जनतालाई बुझाउन सकेमा देशको पहिलो पार्टी बन्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओखलढुंगा जिल्ला कमिटी सामूहिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको हो । यहाँ शुक्रबार आयोजित कार्यक्रममा एमाले ओखलढुंगा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजीव कटुवाललगायतका पदाधिकारी तथा नेता कार्यकर्तासहित ३८ जना नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो ।

पार्टी नेतृत्वले आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्ला कमिटीको सिफारिस अवज्ञा गर्दै उम्मेदवार चयन गरेका कारण उनीहरूले पार्टी परित्याग गरी नेकपामा समाहित भएको घोषणा गरेका हुन् ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट पार्टीको मूलधार भएको जनताले बुझेको दाबी गर्दै पार्टीले अवलम्बन गरेको समाजवादी विचार देशैभरि पुर्‍याएर लैजानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij