२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ। मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मङ्गलबार उम्मेदवारी मनोनयनपत्र दर्ता गराएकामध्ये कुसैको पनि उजुरी परेको छैन ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मङ्गलबार देशैभर उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएको थियो । बुधबार बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिने समय तालिका तोकिएकामा उक्त अवधिभर कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि मुस्ताङमा आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, मङ्गोल नेसनल अर्गानाइजेसन र आम जनता पाटी (आजपा)ले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मुस्ताङका पाँच स्थानीय तहमा गरी ३९ वटा मतदान केन्द्र तोकिएको छ । यहाँ मतदाता नामावली अद्यावधिक हुँदा ११ हजार ३२८ जना मतदाता कायम भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij