२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बस्ने

आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बस्ने

काठमाडौँ । आम जनता पार्टीको स्थायी समिति बैठक भोलि सोमबार बिहान ११ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij