२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

एसएमएस पठाएर प्रदर्शन गर्न बोलाउने सेढाई पक्राउ

एसएमएस पठाएर प्रदर्शन गर्न बोलाउने सेढाई पक्राउ

काठमाडौं । एसएमएसबाट अनधिकृत रूपमा सन्देश पठाएर प्रदर्शन गर्न उक्साउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले दरबारमार्ग क्षेत्रबाट सेढाईलाई पक्राउ गरेको हो ।

 

उनले पुस ३० गते प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातनी राज्य बनाउने अभियानका लागि बलुवाटार जाऔँ भन्ने सन्देशसहितको सन्देश नेपाल टेलिकममार्फत लाखौ एसएमएस पठाएका थिए ।

 

सो एसएमएसको उजुरी टेलिकममा पनि परेपछि टेलिकमले सेवा प्रदायकबाट सन्देश पठाइएको र यसमा आफुहरु संलग्न नभएको जानकारी दिदै यस्तो सन्देश फेरी नपठाउन सचेत गराइएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij