भक्तपुर- भक्तपुर बहुमखी क्याम्पसमा कनिष्ठलाई प्रमुख नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले तालावन्दी गर्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन्।
विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्याई नियुक्तिप्रति आपति जनाएका हुन्। क्याम्पसका केही प्राध्यापकहरु समेत जुनियरलाई प्रमुख बनाइएको भन्दै विरोधमा उत्रिएको नेविसंघका सचिव दीप गिरीले बताए।
वरिष्ठ प्राध्यापकहरु मध्येबाट क्याम्पस प्रमुख नियुक्ति गर्ने प्रावधानलाई लत्याउँदै विश्वविद्यालयले कविता लुइँटेललाई जेठ २१ गते क्याम्पस प्रमुखमा नियुक्ति गरेको थियो।
नियम प्रकृयालाई मिचेर गरिएको क्याम्पस प्रमुख नियुक्ति सच्याउन माग गर्दै संघले क्याम्पस प्रमुख, लेखा शाखा र प्रसाशनमा तालावन्दी गरेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij