२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

अर्थमन्त्रीले भने- कसैको फाइदा, बेफाइदाका लागि करका दर परिवर्तन गरेको छैन

अर्थमन्त्रीले भने- कसैको फाइदा, बेफाइदाका लागि करका दर परिवर्तन गरेको छैन

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी करका दर परिवर्तन नगरेको बताएका छन् ।

काठमाडौंको एक कार्यक्रममा बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा उठाउन नपाएर रिसाएर यस्तो प्रचार गरेको हुनसक्ने बताए।

उनले आफूले समग्र अर्थतन्त्रलाई केन्द्रबिन्दुमा राखेर कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी काम नगरेको स्पष्ट पारे । उनले इमानदार भएर काम गर्दा हिलो छाप्ने काम भएको बताए। उनले कसैले नियोजित रूपमा समाचारहरू लेखिरहेको भन्दै इमानदारको काम नभएको बताए। उनले बजेटमा उद्योग व्यवसायलाई राम्रो हुने काम मात्रै गरेको बताए ।

उनले समग्र अर्थतन्त्र र उद्योग व्यवसाय राम्रो बनाउने गरी इमानदार भएर काम गर्दा पनि हिलो छाप्ने काम भएको भन्दै असन्तुष्टि जनाए । राम्रो काम गर्दा पनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमानदार मान्छेहरूको काम छैन भनेर घोषणा गरिदिए हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij