२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

भाद्र २४ को विध्वंशमा जेनजीको हात छैन : शेखर कोइराला

भाद्र २४ को विध्वंशमा जेनजीको हात छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भाद्र २४ गतेको विध्वंशमा जेनजीहरुको हात नरहेको जिकिर गरेको छ।

आइतबार विराटनगरमा आयोजना गरिएको नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोली चुनौती, अवसर र सम्भावनाबारे युवासँग संवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले भाद्र २३ गते गरिएको जेनजी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त भएको बताए।

भाद्र २४ गते गरिएको विरोध, विद्रोह भन्दा पनि विध्वंस भएको बताउदै उहाले त्यसमा जेनजी युवाहरुको हात नरहेको बताउनुभयो । उहाले भाद्र २३ गतेको घटनाका दोषीलाई मात्र नभई भाद्र २४ गतेका घटनाका दोषीलाई कारवाही हुनुपर्ने माग गरे।

कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको सो कार्यक्रममा युवा र जेन्जीहरुको प्रश्नको उत्तर दिदै नेता कोइरालाले शिक्षामा भईरहेको राजनीतिकरणका कारण शिक्षाको गुणस्तर खस्किएको धारणा व्यक्त गरे।

उनले शिक्षाबाट राजनीतिलाई हटाउनै पर्ने जिकिर गर्दै अंग्रेजी र नेपाली माध्यमका नाममा भइरहेको पढाईले दुईप्रकारका नागरिक उत्पादन भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij