२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

भारतमैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

भारतमैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

दिल्ली । नेपाल भारत मैत्री संगठनले दोश्रो अन्तराष्ट्रिय नेपाल भारत मैत्री साँस्कृतिक संगमको लोगो सार्वजनिक गरेको छ ।
नेपाल भारत मैत्री संगठनका अन्तराष्ट्रिय अध्यक्ष अनुप कुमार सिंहले दिल्लीमा शुक्रबार कार्यक्रमकाबीच लोगो सार्वजनिक गरेका छन् ।

लोगो सार्वजनिक गर्दै अध्यक्ष सिंहले वृन्दावन कार्यक्रमले नेपाल र भारतका जनताबीचको सम्बन्धलाई थप समधुर बन्न मद्दत पुग्ने बताए ।
लोगोमा दुबै देशको झण्डा सहित ’देश भेष भाषा अनेक फिर भी संस्कृति एक’ भन्ने स्लोगन उल्लेख गरिएको छ । साथै लोगोमा भगवान श्रीकृष्णको नगरी वृन्दावन प्रतिबिम्बित हुने मयूरको प्वाख र बासुरीलाई बडो आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

तीन दिनसम्म चल्ने कार्यक्रम आगामी पुस २१ देखि सुरु हुने छ । नेपाल र भारतका गरी करिब पाँच सय जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने उक्त कार्यक्रममा नेपाल भारत मैत्री कन्क्लेभ मार्फत दुई देशका जनताका सरोकारसंग सम्बन्धित चार वटा कार्यपत्र माथि छलफल गरिने संगठनका नेपाल प्रभारी अर्चना सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij