२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

प्रेतका नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्नु मुर्खता शिवाय केही होइनः अध्यक्ष ओली

प्रेतका नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्नु मुर्खता शिवाय केही होइनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरू राजतन्त्र फर्काउँछु भनेर लागेका बताएका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा युवा संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले प्रेतका नलीाखुट्टाको हड्डी फुकेर राजतन्त्र नफर्किने बताएका हुन् ।

उनले भने, ‘चेतना नै नभएका मान्छेहरूले राजतन्त्रको कुरा गर्छन् । काम लाग्ने चिजै रहनेछ भन्दै फालेको राजतन्त्र फर्काउने कुरा गर्दैछन् ।’

अध्यक्ष ओलीले मरेको प्रेतका पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्नु मुर्खता शिवाय केही नभएको बताए । उनले राजनीतिकरूपले, वैचारिकरूपले, सैद्धान्तिकरूपले कुनै पनि हिसाबले राजतन्त्र मान्न नसकिने बताए।

‘एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख भएर जन्मिने, अरुको छोराछोरीले मरिमेटेर हुन नपाउने, त्यस्तो अन्यायपूर्ण विचार बोक्नेहरूका पछाडि नेपाली जनता लाग्दैन ।’

अध्यक्ष ओलीले एमालेले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ गएको बताए । उनले आफ्नो सरकार हुँदै त्यसलाई हटाउनेसम्मका फोहोरी खेल भएको बताए ।

उनले भने, ‘देशमा वर्तमान सरकारको कारणले आशालाग्दो अवस्था छैन । हामीले सरकार छोडेपछि राजनीति फोहोरी खेलतर्फ गयो ।’

अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालतर्फ लक्षित गर्दै आफ्नो पार्टीको सरकार ढलाइपाउँ र दक्षिणपन्थी नेतृत्वको सरकार पाउँ भनेर अदालतमा मुद्दा हालेको आरोप लगाए ।

उनले आफूलाई वामपन्थी र कम्युनिष्ट भन्नेहरुबाट झुक्याउने नाम र नारा दिने काम मात्र भएको बताए । पार्टीभित्रै रहेका नेताको गैरजिम्मेवार क्रियाकलापले देशमा पार्टीप्रतिको निष्ठाको राजनीतिमा गम्भीर खलल पुर्याउने काम भएकोसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij