जनकपुर। मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरु अदालत जाने भएका छन्।
प्रदेश प्रमुख भण्डारीले आज(सोमबार)विहान आफूलाई सन्चो नभएको भन्दै काठमान्डौ उपचारका लागि जान लागेको पूर्वमुख्यमन्त्री जितेन्द्र सोनललाई जानकारी गराएका थिए।
तर बाटोमै महोत्तरीको एक होटलमा उनले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराएका थिए।
जनमत पार्टी, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस, लोसपा नेपालले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक रहेको भन्दै अदातमा रिट दायर गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij