२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

रुकुमपश्चिममा जीप दुर्घटना: ७ जनाको मृत्यु, १० घाइते

रुकुमपश्चिममा जीप दुर्घटना: ७ जनाको मृत्यु, १० घाइते

रुपन्देही । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनले आफू घटनास्थल पुग्दैगरेको तर त्यहाँ पहिले पुगेको स्थानीय प्रहरीले ७ जनाको शव बाटोमा राखेको र १० जनालाई उपचारका लागि अस्पताल पठाएको सूचना दिएको नेपाल प्रेसलाई बताए ।

मृतकको पहिचान भने भइसकेको छैन र सबै विवरण आउन बाँकी रहेको छ । उनका अनुसार जिपमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । घटनास्थल खलंगाबाट करिब ३५ किलोमिटरको दूरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij