२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

इन्स्पेक्टर भट्ट असोज १ गतेदेखि बेपत्ता

इन्स्पेक्टर भट्ट असोज १ गतेदेखि बेपत्ता

असोज १ गतेदेखि सम्पर्कबिहीन भएका नेपाल प्रहरीका एक प्रहरी निरीक्षकलाई सात दिनभित्र उपस्थित हुन गृहमन्त्रालयले निर्देशन दिएको छ।

गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगंज दरबन्दी भएका प्राविधिक प्रहरी निरीक्षक टंक भट्टराईलाई सात दिनभित्र हाजिर हुन गृहले निर्देशन दिएको हो। म

कार्यालयमा गैरहाजिर भएपछि खोजतलास गर्दा फेला नपरेपछि हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ।

सो अवधिमा चित्तबुझ्दो स्पष्टिकरणसहित मन्त्रालयमा उपस्थित हुन भनिएको छ। मन्त्रालयमा हाजिर नभएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाइनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ।

 

inspector-1700791235.jpg

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij