२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडाैं। अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतमा मंगलबारदेखि रिट निवेदन दर्ता सुरु भएसँगै अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध रिट दायर भएको हो। संसद बिघटनबिरुद्ध मंगलबार आधा दर्जन बढि रिट दायर भएको सर्वोच्च अदालतले जनाएको छ।

सर्वोच्चमा दायर भएका रिटहरुमाथि अध्ययनगरि प्रक्रिया अघि बढाइने अदालतले जनाएको छ। रिट दायरकर्ता अधिवक्ता कृतिनाथ शर्मा पौडेलले संसद् विघटन संविधानको मर्म, भावना र सर्वोच्च अदालतबाट स्थापित नजिरको विरुद्धमा रहेकाले असंवैधानिक रहेको बताए।

उनले संसद भन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने परिकल्पना संविधानले नगरेकाले प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको कदम पनि असंवैधानिक रहेकाले बदरको माग गरिएको जानकारी दिए। वर्तमान सरकार कामचलाउन सरकार भएकाले दिर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न अन्तरिम आदेश पनि माग गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij