२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

हमासको नियन्त्रणमा भएका बन्दीको नाम इजरालले प्राप्त गर्‍यो, विपिन जोशी पनि छन् त?

हमासको नियन्त्रणमा भएका बन्दीको नाम इजरालले प्राप्त गर्‍यो, विपिन जोशी पनि छन् त?

काठमाडौं । इजरायलले हमासको नियन्त्रणबाट छुट्ने बन्दीहरूको प्रारम्भिक नामावली प्राप्त गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालले हमासले छाड्ने व्यक्तिहरूको प्रारम्भिक सूची प्राप्त भएको जनाएको हो ।

तर, सूची सार्वजनिक गरिएको छैन ।अहिले सूचीमा रहेका व्यक्तिहरूको परिवारसँगको सम्पर्क भइरहेको जनाइएको छ ।

हमासले शुक्रबार १३ जना बन्धकलाई रिहा गर्दै छ । चारदिने युद्धविरामका क्रममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । अर्कोतर्फ इजरायलले १५० जना प्यालेस्टाइनीलाई रिहा गर्ने सहमति भएको छ । नेपाली विद्यार्थी विपिन जोशी पनि हमालको नियन्त्रणमा भएको बताइएको छ। यो युद्धविरामको समयमा उनी पनि रिहा हुने विश्वास लिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij