२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ता दोषी ठहर, दुई वर्ष कैद

प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ता दोषी ठहर, दुई वर्ष कैद

काठमाडौं– उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ७ मध्ये ६ जना दोषी ठहर भएका छन्।

उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ। रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावल दोषी ठहर भएका हुन्।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि निर्घात कुटपिट गरेका थिए। चलाउनेले दाबी गरेको उपचार खर्चवापतको २८ लाख १७ हजार ५९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ।

जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ सकिएर आज फैसला आएको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij