२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

नागढुंगामा प्रहरीको माइकिङ : अगाडि नबढ्नुस्, काठमाडौँ फर्किनुस्

नागढुंगामा प्रहरीको माइकिङ : अगाडि नबढ्नुस्, काठमाडौँ फर्किनुस्

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले काठमाडौँतर्फै फर्किन आग्रह गरेको छ ।

धादिङको विभिन्न स्थानमा पहिरो गएको र त्यसलाई तत्काल हटाउने स्थिति नरहेको भन्दै प्रहरीले काठमाडौँको प्रमुख नाका नागढुंगामा माइकिङ गर्दै काठमाडौँतर्फ नै फर्किएर सुरक्षित रहन आग्रह गरेको हो ।

अत्यधिक वर्षाको प्रक्षेपण भएकोले पहिरो पन्छाउन समय लाग्ने देखिएकोले  यस्तो आग्रह गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij