२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

कांग्रेसमा विशेष महाधिवेशन नहुने

कांग्रेसमा विशेष महाधिवेशन नहुने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन नहुने भएको छ । कांग्रेस कार्यसम्पादन समितिको शुक्रबारको बैठकमा यसबारे प्रसंग उठेपनि विशेष महाधिवेशनबारे कुनै निर्णय हुन सकेन । बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जेन जी आन्दोलनपछिको अवस्थामा पार्टी नेतृत्व फेरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले विशेष महाधिवेशन विकल्प हुनसक्ने बताएपनि बैठकमा कसैले सहमति जनाएनन् । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले तत्काल कसैलाई कार्यवाहक सभापति पनि नतोक्ने र विशेष महाधिवेशन पनि नबोलाउने निर्णय भएको बताए । उनले सभापति शेरबहादुर देउवाले पूर्णरुपमा स्वास्थ्यलाभ नगर्दासम्म दीर्घकालीन महत्वका निर्णय नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij