२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी थापालाई

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी थापालाई

काठमाडौं।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख हेरफेर भएका छन्। यसअघिका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई जिम्मेवारीबाट हटाउँदै उनको स्थानमा एसएसपी रमेश थापालाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

एसएसपी थापा केन्द्रीय प्रहरीको सहप्रवक्ताको जिम्मेवारीमा थिए। जेन–जी आन्दोलनका क्रममा दमन गरेको आरोप लागेपछि अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो। उनलाई प्रहरी प्रधान कार्यालय तानिएको छ।

जेन–जी आन्दोलनको पहिलो दिन काठमाडौंमा प्रहरीको गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij