२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू

काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू

काठमाडौं। नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गतेस)सम्म कर्फ्यू आदेश जारी गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्‍दै सेनाले कर्फ्यू आदेश जारी गरेको हो ।

सैनिक जनसम्पर्क कार्यालयका अनुसार भाद्र २६ गते अर्थात बिहीबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै भदौ २६ गते बिहीबार बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रबार बिहान ६बजेसम्म कर्फ्यू आदेश जारी गरेको सेनाले जनाएको छ ।

निषेधाज्ञा तथा कर्फ्यूको दौरानसमेत अत्यावश्यक सेवाका सवारी साधनहरू सञ्‍चालन गर्न सकिनेछ । जसमा एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्‍चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपोसार गर्ने गाडी रहेका छन् ।

हेर्नुहोस् सेनाको विज्ञप्ति :

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij