२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

१० बजेबाट नेपाली सेना र अन्य सुरक्षा निकाय तैनाथ

१० बजेबाट नेपाली सेना र अन्य सुरक्षा निकाय तैनाथ

काठमाडौं – लुटपाट तथा आगजनी लगायतका हिंसात्मक घटना रोक्न नेपाली सेनाको नेतृत्वमा राति १० बजेदेखि सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित भएको छ ।

सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको भन्दै यस किसिमका गतिविधिहरू नगर्न/नगराउन आग्रह गरेको हो ।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस किसिमका गतिविधि रोक्न सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी निर्वाह गर्दै स्थिति नियन्त्रणमा राख्नेछन् । सम्पूर्ण नागरिकलाई संयमता अपनाई सहयोग गर्न हार्दिक अपिल गर्दछौँ ।”

सेनाले सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि अपिल समेत गर्दै तत्पश्चात, सुरक्षा स्थितिको पुनःमूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि जनाएको छ ।

सेनाको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij