२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई

काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ ।

यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए । रानालाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

सोमबार जेनजीले गरेको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो हुँदा १९ जनाको ज्यान गएको थियो ।

एआईजी टेक तामाङ अवकार भएपछि सोमबार काठमाडौं प्रहरी प्रमुख निमित्तको भरमा थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij