काठमाडौँ । बिहीबारदेखि सामाजिक सञ्जाल बन्द हुने भएको छ । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले अनिवार्य दर्ता प्रक्रियामा ल्याएको थियो ।
तर तोकिएको कार्यालय समयको अन्तिम समयसीमा सकिँदासम्म पनि कुनै नयाँ सामाजिक सञ्जालले सूचीकरणका लागि निवेदन नदिएपछि सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने तयारी गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ।
यसअघि दर्ता भइसकेका केही सामाजिक सञ्जालबाहेक नयाँ प्लेटफर्मले कुनै पनि किसिमको निवेदन पेस नगरेको मन्त्रालय स्रोतको भनाई छ ।
स्रोतका अनुसार कार्यालय समय अहिले साँझ नै सकिए पनि अनलाइनमार्फत मध्यरातिसम्म निवेदन गर्न सकिने प्रावधान छ । त्यसैले अन्तिम समयसम्म पर्खिने र बिहीबार बिहानसम्म निवेदन नआएमा मन्त्रालयले आवश्यक कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij