२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मंगलबार दिउसो सर्वसम्मत पारित गरेको विधेयकको प्रतिवेदन समितिका सभापति तुलसाकुमारी दाहालले दिउसो बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा पेश गरेकी थिइन ।

 

पहिलो बैठक १५ मिनेटका लागि स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन ।

मन्त्रीले प्रस्ताव पेश गरे लगत्तै सांसद कृष्णबहादुर रोकाया, गोपीबहादुर अछामी, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, पदमबहादुर परियार विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द लगायतका सांसदले छलफलमा भाग लिएका थिए । उनीहरूले राखेको धारणमा मन्त्री न्यौपानेले जवाफ दिएकी थिइन ।

लगत्तै मन्त्री न्यौपानेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि सर्वसम्मतबाट पारित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij