२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

प्रधानमन्त्रीको घोषणा: आईटी क्षेत्रमा काम गर्नेलाई अब महिनाकै २ लाख तलब

प्रधानमन्त्रीको घोषणा: आईटी क्षेत्रमा काम गर्नेलाई अब महिनाकै २ लाख तलब

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा कार्यरत दक्ष जनशक्तिलाई मासिक २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरिने घोषणा गरेका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले यससम्बन्धी जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ। यसबाट अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ। यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ। आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद् कदम हो।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij