आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व समापन गरिएको छ। हिजो साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइएको थियो। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन भएको छ ।
छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका थिए । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको थियो।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij