२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

रक्सीको सुरमा जब वीरबहादुरले आफ्नै घरमा लगाए आगो

रक्सीको सुरमा जब वीरबहादुरले आफ्नै घरमा लगाए आगो

काठमाडौँ- जाँड-रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पुर्‍याउँछन् भन्ने कुरा धनगढीमा भएको एक घटनाले चरितार्थ गरेको छ।

मादक पदार्थ खाएर नशामा रहेका धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार घरको बीच कोठामा निज विष्टले रातिको समयमा लगाएको आगोले कोठामा रहेको लत्ता कपडा, सोफसेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै रु ७० हजार मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ।

प्रहरी र स्थानीयको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको थियो। आफ्नै घरमा आगो लगाउने वीरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij