२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

उत्तर प्रदेशको बुलन्दशहरमा सडक दुर्घटना, आठ जनाको मृत्यु

उत्तर प्रदेशको बुलन्दशहरमा सडक दुर्घटना, आठ जनाको मृत्यु

काठमाडौं – भारतको उत्तर प्रदेशमा पर्ने बुलन्दशहरमा सडक दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ।

राजस्थानतर्फ जाँदै गएको ट्रयाक्टरलाई पछाडिबाट आउँदै गरेको ट्रकले गएराति भारतीय समयअनुसार सवा दुई बजेतिर अलिगढ सीमा नजिकै ठक्कर दिँदा दुर्घटना भएको हो।

झण्डै ६० जना ट्याक्टरको ट्रलीमा बसेर कासगञ्ज जिल्लाबाट राजस्थान गइरहेका बेला दुर्घटना भएको बुलन्दशहर प्रहरीले जनाएको छ।

दुर्घटनामा आठ जनाको मृत्यु भएको र ४५ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij