काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘सही प्लान’ नामको जीवन बीमा योजना सार्वजनिक गरेको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल र सुर्यज्योति लाइफका अध्यक्ष केशव प्रसाद भट्टराइले संयुक्त रुपमा उक्त योजना सार्वजनिक गरेका हुन् ।
कम्पनीका अनुसार यो योजना नेपालको पहिलो र कम प्रिमियममा आजीवन सुरक्षा दिने योजना हो। यस योजनाले कम प्रिमियममा आजीवन सुरक्षा दिने कम्पनीले जनाएको छ।
कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीका अनुसार कम्पनीले आज सार्वजनिक गरेको नयाँ बीमा पोलिसी नेपालकै सबैभन्दा सस्तो बीमा पोलिसी हो । उक्त बीमा पोलिसीमा लगभग ६ लाखको बीमा गरेर ३१ लाखको लाभ लिन सकिने छ । बीमा गर्ने मानिसको मृत्यु भैसकेपछि आफ्नो परिवारले २५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
कम्पनीका अनुसार यस योजनाको निम्न विशेषता छन् :
तिरेको प्रिमियमको ६ गुणासम्म कभरेज
बीमा अवधि भर तिरेको सम्पूर्ण रकम ७० वर्षको उमेरमा फिर्ता
बीमा अवधि समाप्तिपछि पनि पुर्व जीवन बीमा कभरेज
४० हजारमा २५ लाखको कभरेज (३५ वर्षको उमेरमा १५ वर्ष अवधिको २५ लाखको बीमा गर्दा बीमा गर्दा कुल प्रिमियम ४० हजार ७ सय १९ रुपैयाँ हुने, ५० वर्षको उमेरमा कुल तिरेको प्रिमियम ६ लाख १० हजार ७ सय ८५ रुपैयाँ फिर्ता हुने)
७० वर्षको उमेरमा प्रिमियम फिर्ता, कभरेज कायम
१८ वर्षको उमेरदेखि ६० वर्षको उमेरसम्म बीमा गर्न सकिने
दुर्घटनाको कारण मृत्यु भएमा अधिकतम १ करोड सम्म दोहोरो बीमा लाभ
दुर्घटनाको कारण पूर्ण अशक्त भएमा १ करोडसम्मको बाँकि अवधिको बीमा शुल्क छुट
३५ घटक रोग विरुद्द ५० लाखसमको उपचार खर्चको सुविधा
सहुलियत दरमा ऋण लिन पाइने
© 2026 All right reserved to samajpress.com | Site By : Sobij