२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले उनलाई चार बर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

एनसीसी बैंक र कुमारी बैंक मर्जर भएपछि बनेको एकीकृत बैंकमा सीईओ नियुक्त भएका रमेश अर्यालले राजीनामा दिएपछि दोस्रो बरियतामा रहेका खनाल सीईओ नियुक्त भएका हुन् ।

खनालसँग बैंकिङ क्षेत्रमा काम गरेको एक दशकभन्दा लामो अनुभव छ । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनाल यसअघि एनआईसी एसिया क्यापिटलको सीईओ तथा मर्जरअघि कुमारी बैंकको निमित्त सीईओ समेत भइसकेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij