२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

टी-२० आई सिरिज : नेपाल र जापान भिड्दै

टी-२० आई सिरिज : नेपाल र जापान भिड्दै

हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) नेपाल र जापान भिड्दैछन्।

वाङनाइमा हुने खेल बिहान सबा ७ बजेदेखि सुरु हुनेछ। लगातार दुइ खेलमा पराजित नेपाल र जापान दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रदैछन्।
लगातार दोस्रो हार व्यहोरेसँगै नेपाल र जापानको फाइनल खेल्ने सम्भावना सकिएको छ।

यद्यपी आजको खेलमा पराजित भएपनि दुवै टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। सिरिजको पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाल दोस्रो खेलमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएको थियो।

उता जापानले भने हङकङसँग ९ विकेटले तथा तान्जानियासँग १ सय ११ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

आजै हुने अर्को खेलमा आयोजक हङकङसँग र तान्जानिया भिड्दैछन्। यो खेलको विजेताले समूह विजेताको टुङ्गो लगाउनेछ।

दुवै खेलमा अपराजित हङकङसँग र तान्जानियाको समान ४ अंक भए पनि नटरनरेटमा घरेलु टोली अघि छ।

समूहका शीर्ष २ टोली उपाधिका लागि आइतबार आमनेसामने हुनेछन्। सोही दिन पुछारका दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij