२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

२०८३ कार्तिक ८ शनिबार

चक्रे मिलनलाई धरौटीमा रिहा गर्न भक्तपुर जिल्ला अदालतको आदेश

चक्रे मिलनलाई धरौटीमा रिहा गर्न भक्तपुर जिल्ला अदालतको आदेश

काठमाडौं, ३० साउन । भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

ज्यान मार्ने उद्योगमा भक्तपुर प्रहरीको हिरासतमा रहेका चक्रेलाई न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले १ लाख दश हजार धरौटीमा छाड्न आदेश दिएको हो । उनलाई आजै रिहा गर्न तयारी छ ।

अभद्र व्यवहार गरेको कसुरमा काठमाडौं प्रहरीले उनलाई केही दिनअघि पक्राउ गरेको थियो ।

बुधबार काठमाडौं अदालतको आदेशबाट ३० हजार धरौटीमा रिहा भएका उनलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान लागि भक्तपुर प्रहरीले हिरासतमा लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij