२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

कारागारमा झडपपछि कैलालीका सीडीओ मन्त्रालय तानिए

कारागारमा झडपपछि कैलालीका सीडीओ मन्त्रालय तानिए

काठमाडाैं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा तानिएको छ।

हालै कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनको सरुवा गरिएको हो।

हमालको स्थानमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई कैलाली खटाइएको छ। तर दाङका लागि नयाँ सीडीओबारे भने अझै निर्णय भएको छैन।

गत साता भएको कारागार झडपमा एकजनाको मृत्यु हुनुका साथै ४७ जना कैदीबन्दी घाइते भएका थिए। यसअघि नै कैदीबन्दीबीच विवाद बढ्दो अवस्थामा रहे पनि समयमै सुरक्षा सतर्कता नअपनाउँदा घटना भएको भन्दै हमाललाई पदबाट हटाइएको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij