२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आज टी-२० क्रिकेटमा नेपाल र हङकङक भिड्दै

आज टी-२० क्रिकेटमा नेपाल र हङकङक भिड्दै

काठमाडौँ- चार देश सम्मिलित टी-२० आई सिरिजमा आज (बिहीबार) नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु टोली हङकङको सामना गर्दैछ।

वाङ नाईमा हुने खेल बिहान पौने १२ बजे सुरु हुनेछ। आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ। उता घरेलु टोली भने लगातार दोस्रो जित निकाल्ने योजनामा मैदान उत्रनेछ।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। हङकङले भने जापानमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको थियो।

हङकङमा जारी महिला टी- २० आई सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन्।

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार जापानसँग खेल्ने तालिका छ।

समूहका शीर्ष २ टोलीले उपाधिका लागि आइतबार आमनेसामने हुनेछन्। सोही दिन पुछारका दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij