काठमाडाैं – एक महिनाको आन्दोलन स्थगित गरेर विद्यालय फर्किएका शिक्षकहरूले फेरि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएका छन्।
सरकारले सहमतिअनुसार शिक्षा ऐन ल्याउने प्रक्रिया अघि नबढाएकाले पुनः सडक आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले फेरि आन्दोलन गर्ने बताए। उनका अनुसार भदौ ३ र ४ गते केन्द्रीय समितिको बैठक बोलाउने र दोस्रो सातादेखि देशभरका शिक्षकलाई काठमाडौंमा उतार्ने निर्णय भएको छ।
१५ असारको ‘डेटलाइन’ तोकेर सरकार र महासंघबिच गत १७ वैशाखमा शिक्षा ऐन ल्याउने ग्यारेन्टीसँगै सेवा–सुविधासम्बन्धी नौबुँदे सहमति भएको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij