२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

प्राकृतिक विपद्बाट नागरिकको जीउधनको रक्षा गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

प्राकृतिक विपद्बाट नागरिकको जीउधनको रक्षा गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा सदस्यहरुले लामो खडेरीपछि केही दिनयता मुलुकका विभिन्न भागमा भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित प्राकृतिक विपद्बाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकका आकस्मिक समयमा उनीहरुले बाढीपहिराका कारण अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउन तथा वैकल्पिक मार्गको व्यवस्था गर्न सरकारको ध्यानाकृष्ट गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले लामो समयको खडेरीपछि तराई र पश्चिम नेपालमा मनसुन सक्रिय भएकाले सो क्षेत्रका जनतालाई सम्भावित प्राकृतिक विपत्तिबाट जोगाउन समयमै पहल थाल्न आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले वर्षाका कारण देशभर राजमार्ग प्रभावित भएको जनाउँदै तत्काल सुरक्षित ढंगबाट यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायणी शर्माले तराई÷मधेसका क्षेत्रमा सर्पदंशको घटना दिन प्रतिदिन बढिरहेको उल्लेख गर्दै स्थानीयस्तरमा सर्पदंश उपचारको प्रबन्ध गर्न माग गरे । आम जनता पार्टीका सांसद प्रभु साहले खडेरीको मारमा परेका तराई÷मधेसका किसानलाई उचित राहत दिन माग गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij