२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

हेटाैँडामा एन्फाको विशेष साधारणसभा हुँदै, अध्यक्ष हटाउन मतदानकाे तयारी

हेटाैँडामा एन्फाको विशेष साधारणसभा हुँदै, अध्यक्ष हटाउन मतदानकाे तयारी

अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती सम्बन्धी मुख्य एजेन्डा लिएर अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा मकवानपुरको हेटौँडामा आज हुँदैछ । अध्यक्ष नेम्वाङको बर्खास्ती सम्बन्धी निर्णयको छिनोफानो आजै हुने बताइएको छ ।

एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाईसमेत बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेस गरेका थिए । तर, अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्ताव फेस गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् ।

नेम्वाङको बर्खास्तीको विषयमा आजै विशेष साधारणसभामा मतदान हुनेछ । एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मत आवश्यक पर्छ । अध्यक्षको बर्खास्तीका लागि कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ । एन्फाका कुल १०७ सदस्य (जिल्ला, क्लब, संघ) मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकारकाे प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij