२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

भोजन लिपी स्वादले सिंहदरवारमा कोदोका परिकार पस्किने

भोजन लिपी स्वादले सिंहदरवारमा कोदोका परिकार पस्किने

काठमाडौँ । कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरवारमा कोदोका १० वटा परिकार प्रस्तुत गरिने भएको छ।

नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजन लिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सिंहदरवारको केन्द्रीय क्यान्टिनमा कार्यक्रम गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय कोदो दिवसको अवसरमा कोदोका परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए । सरकारले यस वर्षदेखि भदौ १६ लाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउन सुरु गरेको सन्दर्भमा कोदोका परिकारलाई प्रवर्द्धन गर्न लागिएको हो ।

वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले कोदोको उत्पादन प्रवर्द्धन र यसका परिकारको व्यावसायिकीकरण गर्ने प्रयोजनका निम्ति कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे। अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजन लिपि स्वादको सय संस्करणसम्म पुर्‍याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij