२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नर्सिङ पढ्दै गरेकी छात्रालाई सामूहिक बलात्कार गर्ने कराँते प्रशिक्षकलाई ८ वर्ष कैद

नर्सिङ पढ्दै गरेकी छात्रालाई सामूहिक बलात्कार गर्ने कराँते प्रशिक्षकलाई ८ वर्ष कैद

मोरङमा एक युवतीमाथि सामूहिक बलात्कारमा संलग्न दुईजना कराँते प्रक्षिकलाई अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ।

मोरङ जिल्ला अदालतले १९ वर्षीया युवतीलाई पटकपटक जबर्जस्ती करण गरेको अभियोगमा दोषी ठहर भएका कराँते प्रशिक्षकद्वय ५० वर्षीय विनोद राउत र ५० वर्षीय सुरज सुवेदीलाई ८ वर्ष कैद र जनही ३-३ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।

विराटनगर-४ का राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन्। सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन्।

युवतीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा उनीहरु पुर्पक्षका लागि थुनामा थिए।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको एकल इजलासले प्रशिक्षकद्वय राउत र सुवेदीलाई बुधबार ८ वर्ष कैद र ३-३ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।

राउत र सुवेदीले विराटनगरको एउटा नर्सिङ कलेजमा पढ्दै गरेकी १९ वर्षीया छात्रालाई गएको जेठमा विराटनगरको मुनालपथस्थित विराट होटेलमा सामूहिक करणी गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ।

बलात्कारको भिडिओ बनाएर उनीहरुले पछि पनि ती युवतीलाई पटक-पटक बलात्कार गर्दै आएको खुलेको छ।

जबरजस्ती करणी मुद्दामा ७ वर्ष र सामूहिक बलात्कारमा थप १ वर्ष गरी दुबैलाई ८ वर्ष कैद सजाय निर्धारण भएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij