२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सुनसरीमा पोखरीमा डुबेर एकजनाको मृत्यु

सुनसरीमा पोखरीमा डुबेर एकजनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८ वर्षीय सञ्जिव चौधरीको मृत्यु भएको छ ।

आज साँझ करिब ६ बजे आफ्नै माछा पोखरीमा माछा मार्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए । घटनापछि सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको गोताखोर तथा विपद् व्यवस्थापन टोलीले खोजी गरेको थियो ।

सो टोलीले साँझ करिब ७ः३० बजे मृत अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण मुख्यालय सुनसरीका प्रमुख निर्मलकुमार थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij