काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान दिने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा कहीँ पनि बाँकी पनि नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ लाग्नुपर्नेमा जोड दिए ।
‘हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदै छौँ । त्यसपछि विकसित मुलुकमा पुग्नेछौँ। हाम्रो देश अरूले आएर बनाइदिँदैन। हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादन वृद्धिमा लाग्न सक्नेछौँ।’, प्रधानमन्त्री ओलीले भने, ‘हामी सबै लागेमा वि क्यान डु‘ नेपाल बन्छ।’
कार्यक्रममा नेपाली उद्यमीका विविध उत्पादन स्टलको प्रधानमन्त्रीले अवलोकन गरेका थिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij