२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

आज नेपाल प्रहरीको १०० नम्बर चार घण्टा अवरुद्ध हुने

आज नेपाल प्रहरीको १०० नम्बर चार घण्टा अवरुद्ध हुने

काठमाडौँ । नेपाल प्रहरीको आपत्कालीन सेवा नम्बर १०० आज काठमाडौँ जिल्लामा चार घण्टाका लागि अवरुद्ध हुने भएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बुधवार एक सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म १०० नम्बरमार्फत प्रदान गरिँदै आएको आपत्कालीन सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

भद्रकालीमा रहेको नव-निर्मित प्रहरी परिचालन कक्षको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले उक्त सेवा अवरुद्ध हुने कार्यालयले जनाएको छ ।

सेवा अवरुद्ध हुने अवधिमा कुनै पनि आकस्मिक घटना, सूचना वा सहयोगका लागि प्रहरीले वैकल्पिक सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij