दसदिन लामो युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा जाँदैछन्।
राष्ट्रपति पौडेलको यही कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्मको युरोप भ्रमण गर्ने कार्यतालिका थियो।
देशमा भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भएपछि पौडेलले भ्रमण स्थगित गरेका हुन्।
पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज बिहान सबा १० बजे भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका क्षेत्रमा जाने जानकारी दिए।
राष्ट्रपति पौडेलले प्राकृतिक विपत्ति आइपरेका बेला देश छाड्न उपयुक्त नहुने निष्कर्ष निकालेका हुन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij