२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं- सरकारले मधेस प्रदेशका आठ वटा जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्री रमेश लेखकको सिफारिसमा विपद संकटग्रस्त घोषणा भएको हो ।

तीन महिनाका लागि उक्त मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । मधेस प्रदेश सरकारले मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्नका लागि संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

मधेसमा पानी नपरेर सुख्खा भएको, पर्याप्त पानी भरण हुन नसकेको, मुहान सुकेको, पानीको चरम अभावका कारण सिँचाइमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाको माग गरेको थियो । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १४ को उपदफा (द) मा संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकार समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

गृह मन्त्रालयका अनुसार अहिले मधेसमा कुल क्षेत्रफलको ४६ प्रतिशत जमिनमा मात्रै रोपाइँ सकिएको छ । सुख्खाका कारण उत्पादनमा समेत ह्रास आउने भनेर संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij