२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

खाणको पक्षमा २ जना पूर्वन्यायाधिवक्तासहित दर्जन बढी वकिलले बहस गर्दै

खाणको पक्षमा २ जना पूर्वन्यायाधिवक्तासहित दर्जन बढी वकिलले बहस गर्दै

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाणका पक्षबाट २ जना पूर्वमहान्यायाधिवक्तासहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्ने भएका छन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाणका पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्दैछन्। खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए।

त्यस्तै, नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाणको पक्षमा बहस गर्दैछन्। बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाणको पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधिवक्ता खातीले जानकारी दिए।

त्यसबाहेक योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाणको पक्षबाट बहस गर्न नाम टिपाएको खातीले बताए। अघिकारी डेमोक्र्याटिक लयर्स एसोसिएसनका वर्तमान अध्यक्ष हुन्।

खातीले बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए पनि काँटछाँट गरिने बताए। ‘खाणको पक्षबाट बहस गर्न चाहने अधिवक्ता धेरैको संख्या धेरै छ। जानकारीमा आएअनुसार १८ जनाभन्दा धेरै अधिवक्ता छन्। तर, सबै अधिवक्ता बहसमा उत्रिन सम्भव छैन। काँटछाँट हुन्छ,’ खातीले भने ।

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकसँग पैसा उठाएर भएको ठगी प्रकरणमा आज (आइतबार)देखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ। हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको अदालती बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस हुने भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij